दशैंको पिङमा चचहुइ (तस्वीरहरू)
दशैंका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिकास्थित कात्तिकेमा बनाइएको पिङमा स्थानीय बासिन्दासँगै यात्रु पनि रमाइरहेका छन्।
केही दिनअघि स्थानीय बासिन्दाले पिङ बनाएका हुन्। बालबालिकासँगै युवा, तन्नेरी पनि पिङमा रमाउने गरेका छन्। दशैंका वेला पिङ खेल्ने तथा चङ्गा उडाउने गरिन्छ।