दशैं लगत्तै राष्ट्रसंघका महासचिव नेपाल आउने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका लागि कात्तिक १२ गते नेपाल आउने भएका छन्।
कात्तिक १२ देखि १५ गतेसम्म गुटेरेसले नेपालको औपचारिक भ्रमण गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। यसअघि गत साता हुने भनिएको उनको भ्रमण स्थगन भएको थियो।
यसअघि असोजमा नेपाल आउने कार्यक्रम थियो। हमासले इजरायलमा आक्रमण गरेसँगै उत्पन्न तनावका कारण उनको भ्रमण स्थगित गरिएको थियो।