बझाङ केन्द्रबिन्दु भई गयो भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुला लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसूस गरिएको थियो।
लगातार भूकम्प जान थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित छन्।