नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक बुधबार ४३.२७ अङ्कले बढेको हो। नेप्से परिसूचक १९०७.८९ को बिन्दुमा पुगेको छ।
आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँमा कारोबार भएको छ। बुधबार २१० कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ।
सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २.८७ र विकास ब्यांक समूहको उपसूचक २.७४ प्रतिशतले बढेको छ। आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स लिमिटेडको चार करोड ४६ लाख चार हजार ९३५ बराबरको कारोबार भएको छ।
कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी ब्यांक लिमिटेड प्रमोटर शेयर तीन लाख १० हजार ५१५ कित्ता खरीद-बिक्री भएको छ।