लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा
घरेलु मैदानमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
मंगलबार साँझ लाओसको न्यू लाओस अन्तर्राष्ट्रिय रंगशालामा खेलमा नेपालले घरेलु टोलीलाई १-० गोलअन्तरले पराजित गरेको हो। यो जितसँगै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दुवै टोलीले थुप्रै पटक प्रहार गरे पनि गोलमा परिणत भएन।
दोस्रो हाफको शुरूआतमै नेपालले अग्रता लियो। नेपालका लागि खेलको ५३औं मिनेटमा मनीष डाँगीले गोल गरेका थिए। अञ्जन विष्टले दिएको पासलाई डाँगीले गोलमा परिणत गरेका थिए।
त्यसपछि पनि दुवै टोलीले गोलका लागि केही अवसर सिर्जना गरेका थिए। तर दुवै टोलीले गोल गर्न सकेनन्।
यसअघि काठमाडौंको दशरथ रंगशालामा भएको पहिलो खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो खेलमा नेपालले १-० गोलले पराजित गरेसँगै २-१ गोलको अग्रता लिंदै दोस्रो चरणमा प्रवेश गरेको हो।
अब विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरू नोभेम्बरमा हुनेछन्। दोस्रो चरणमा नेपालले यूएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ।