कोशीका मुख्यमन्त्रीले कात्तिक १ मा विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
अल्पमतको सरकारको नेतृत्व गरेका नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई एमाले सांसदले समर्थन गरेका थिए।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले कात्तिक १ मा विश्वासको मत लिन प्रस्ताव दर्ता गराएका हुन्। उनी असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।