कथा: त्याग
सीताले पोल्टाबाट थैली निकालेर लोग्नेको हातमा राखिदिई। रामसागरको अनुहारमा एकाएक बादल फाटेपछि देखिने जून उदायो। स्वास्नीले दिएको रातो पोको निकै महँगो खजानाको बाकस झैं बिस्तारै फुकायो।
सात महीनाको छोरालाई अस्पतालमा राखेको आज सोह्रौं दिन हो। पाँच दिनअघिसम्म त अस्पतालले हेर्न र भेट्न दिन्थ्यो। त्यसयता छोरालाई शीशाको झ्यालबाट हेरेर रामसागर र सीतादेवी मन बुझाइरहेका थिए।
छोराको शरीरभरि मसिना सर्पले बेरिए झैं गरी पाइप जोडिएका थिए। त्यो अवस्थामा छोरालाई देखेपछि उनीहरूका आँखा एकनासले बग्थे।
“यत्रा त्यान्द्रा जिउमा जोड्दा छोरालाई दुख्दो हो नि!” रामसागरको मुटु गाँठो पर्यो। अब छोरालाई कहिले निको हुन्छ? उसलाई डाक्टरसँग सोध्न मन लाग्यो। तर डाक्टर देखेपछि उसको बोली घाँटीमै अड्कियो।
शुरू शुरूमा आउँदा ऊ डाक्टरसँग बोलिराख्थ्यो। तर अचेल बोल्न सक्दैन। डाक्टरसँग बोल्न भनेपछि असाध्यै डराउँछ।
डाक्टर ठिमठिम हिंडेको हेर्दाहेर्दै रामसागरका आँखा टिलपिल भए। गला अवरुद्ध भयो।
दुई दिनअघि बिरामीका आफन्त र डाक्टरको झगडा परेको उसले देखेको थियो। झगडा किन गरे भन्ने चाहिं थाहा पाएन। तर झगडा परेको केही घण्टापछि एक बिरामीको शव निकालेर लगेको देखेको थियो। उसले त्यो दृश्य झलझली सम्झियो।
उसलाई डर र आशङ्काले शीताङ्ग बनायो– मैले केही बोल्दा डाक्टरलाई बिझाएर छोरालाई एउटा सुई लाउनुपर्नेमा अर्कै लाइदियो भने? या जिउका पाइपहरूमध्ये कुनै निकालिदियो भने?
फेरि मन बुझाउँथ्यो– डाक्टर भनेका भगवान् हुन्। भगवान्ले गल्ती गर्दैनन्।
रामसागरकी स्वास्नी उज्यालो मुख पार्दै आएर भनी, “छोरोलाई ठीक हुँदै छ अरे। यी ओखती ल्याउनू भनेको छ।” कागजको चिर्कटो रामसागरतिर बढाई। उसले कागज हातमा लियो र झटपट दगुर्दै औषधि पसलतिर गयो।
जाँदै गरेका डाक्टरतिर फर्किएर हात जोडेर मनमनै पुकार्यो, भगवान् मेरो छोरो निको बनाइदेऊ!
रामसागरकी स्वास्नी उज्यालो मुख पार्दै आएर भनी, “छोरोलाई ठीक हुँदै छ अरे। यी ओखती ल्याउनू भनेको छ।” कागजको चिर्कटो रामसागरतिर बढाई। उसले कागज हातमा लियो र झटपट दगुर्दै औषधि पसलतिर गयो। पसलको भीडमा पालो मिच्दै अगाडि छिर्यो।
औषधि पसलेले भन्यो, “आज त अनुहार उज्यालो छ नि। छोरालाई भेट्न दियो?”
उत्साहित भावमा भन्यो, “अब चैं दिन्छ होला।”
एक झोला औषधि दिंदै पसलेले भन्यो, “तपाईंको पैसा चानचुन पच्चीस हजार पुग्यो है।”
रकम सुन्नासाथ चट्याङले हानेको रूख झैं रामसागरको अनुहार खङ्रङ्ग सुक्यो। च्यापच्याप परेका ओठ जिब्रोले भिजाउँदै भन्यो, “विश्वास गर्नुस् न हजुर। म दिइहाल्छु नि !”
ऊ हावाकै गतिमा दौडियो र औषधिको झोला नर्सको हातमा राखिदियो। अनि नर्सलाई सोध्यो, “हाम्रो बच्चालाई कस्तो छ?”
नर्सले सम्झाउँदै भनी, “आज भेट्न दिन्छ।”
सीतादेवीका अगाडि गएर भन्यो, “गरीबका पनि भगवान् छन्। अब हाम्रो छोरो निको हुन्छ। तेरो काख भाग्यमानी छ।”
“हामीले के अपराध गरेका छौं र? सङ्कट आएको मात्र हो। सङ्कट त देउतालाई पनि आउँछ,” आँटिलो आवाजमा सीतादेवी बोली।
दिउँसो २ बजे नर्सले आएर भनी, “छोरालाई हेरेर आउनुस्।”
राष्ट्रियगानको धून सुन्दा उठेका विद्यार्थी झैं दुवै जना जर्याकजुरुक उठे।
नर्सले फेरि आदेश दिई, “एक–एक जना जानुस्।”
रामसागरले सीतादेवीलाई प्रेमपूर्वक धकेलेर पठायो।
ठूलो तीर्थधाम पुग्न हिंडेको यात्री झैं सीतादेवी छोरो भए ठाउँमा पुगी। छोराले हल्का आँखा खोलेको थियो। “निदाउँदा पनि यसैगरी अलेली आँखा हेरेर निदाउँथ्यो,” सीतादेवीले बिस्तारै भनी।
नर्सले भनी, “अहिले निदाएछ। एकछिन अगाडि त चलमलाउँदै थियो। चिन्ता नलिनू, छोरो ठीक भयो अब।”
काउन्टरको केटाले पैसा जम्मा गर्नुपर्ने बिल रामसागरको हातमा थमाइदियो। बाइस हजार रुपैयाँको बिल थियो। ऊ छाँगाबाट खसे जस्तो भयो। उसले सुरुवालभित्र हात हालेर जाँघेको गोजीबाट मुठीभरिको प्लास्टिकको पोको निकाल्यो।
सीतादेवीले छोराको निधारमा हात राखी। निधारको कपाल पन्छाईदिई। ओठ कमाउँदै बोली, “मेरो राजालाई कति दुख्यो होला!” तर आवाज मुखभित्रै दब्यो।
नर्सले भनी, “ल भयो, अब जानुस्।”
सीतादेवी ढोकासम्म आइपुग्दा पटक पटक छोरालाई फर्किएर हेरी।
काउन्टरको केटाले पैसा जम्मा गर्नुपर्ने बिल रामसागरको हातमा थमाइदियो। बाइस हजार रुपैयाँको बिल थियो। ऊ छाँगाबाट खसे जस्तो भयो।
उसले सुरुवालभित्र हात हालेर जाँघेको गोजीबाट मुठीभरिको प्लास्टिकको पोको निकाल्यो। यसो कुनातिर गएर प्लास्टिक खोल्यो। नौ हजार चानचुन रहेछ। पैसा पोको पार्दै लामो सास तान्यो। एकछिन भुइँतिर हेर्यो। फेरि केही सम्झिए झैं गरेर फटाफट स्वास्नी भएतिर गयो।
उसले स्वास्नीको गलातिर हेर्यो। तर केही बोल्न सकेन।
सीतादेवीले सोधी, “के भयो र अँध्यारो मुख लाएको?”
उसले आकाशतिर टाउको फर्कायो।
“ए के भयो?” भयमिश्रित स्वरमा फेरि सोधी।
“पैसा अलिक चाहियो फेरि। नभए उपचार रोकिन्छ,” रामसागरले कामेको स्वरमा भन्यो।
“मसँग छ नि पैसा। किन चिन्ता लिन्छौ?” सीतादेवीको कुराले रामसागरको मुख फेरि पूर्णिमाको रात जस्तो उज्यालियो।
सीताले पोल्टाबाट थैली निकालेर लोग्नेको हातमा राखिदिई। रामसागरको अनुहारमा एकाएक बादल फाटेपछि देखिने जून उदायो। स्वास्नीले दिएको रातो पोको निकै महँगो खजानाको बाकस झैं बिस्तारै फुकायो। चोर औंला र बूढी औलाले एक–एक गरेर पैसा तान्दै गन्यो।
पाँच, दश, बीस र पचासका निकै पुराना नोट थिए। ढुँडी आएर चिप्ला भएकाले गन्न अप्ठ्यारो थियो। सीतादेवीले उज्यालो अनुहार लाएर रामसागरले पैसा गनेको हेरिरहेकी थिई। लोग्नेले पैसा गनिसकेपछि सीतादेवीले फेरि एक अञ्जुली पहेंला सिक्का राखिदिई।
सीतादेवीले यो पैसा तीन वर्षदेखि खुत्रुकेमा जम्मा गरेकी थिई। रामसागरले कहिलेकाहीं दिएको सय–पचास र घरखर्चबाट उबारेर खुत्रुकेमा राख्थी। यो पैसाले छोरालाई सुनका मुन्द्रा र खुट्टामा कल्ली बनाइदिने धोको थियोे।
हातका सिक्का नगनी त्यही रातो थैलीमा थाप्ने सङ्केत गर्यो रामसागरले। सीतादेवीलाई थैली दिएर रामसागर ‘एकछिन है’ भन्दै छेउको शौचालयमा छिर्यो।
सीतादेवीले यो पैसा तीन वर्षदेखि खुत्रुकेमा जम्मा गरेकी थिई। रामसागरले कहिलेकाहीं दिएको सय–पचास र घरखर्चबाट उबारेर खुत्रुकेमा राख्थी। यो पैसाले छोरालाई सुनका मुन्द्रा र खुट्टामा कल्ली बनाइदिने धोको थियोे। यसैगरी थैलीमा जम्मा गरेरै उसले छोरालाई चाँदीका चुरा लगाइदिएकी थिई।
निकै बेरसम्म रामसागर नआएपछि सीतादेवी शौचालयतिर गई। शौचालयको ढोका बन्द थियो। ढोका अगाडि उभिएर एकछिन पर्खिई। भित्रबाट केही आवाज आए जस्तो लाग्यो। कान चनाखा पारेर सुनी। रामसागरको सुँक्कसुँक्क आवाज सुने जस्तो लाग्यो। शौचालय नजिकै गएपछि आफ्नै लोग्ने रोएको भन्नेमा विश्वस्त भई।
ऊ छक्क परी। खुशी हुनुपर्नेमा किन रोयो रामसागर?
उसले ढोका ढकढक पारी, “ढोका खोल त!”
स्वास्नीको आवाज सुनेर रामसागर सम्हालियो। आँसु पुछ्यो र केही नभए झैं गरी बाहिर निस्कियो।
केही नसोची सीतादेवीले सोधी, “किन रोएका? मैले तिमीलाई छोराको उपचार गर्न पैसा दिएकी हुँ। मैले छोराका लागि खर्च गर्दा तिमी रुनुपर्ने?”
सीतादेवी रिसाई। रामसागर नबोल्दा सीतादेवीलाई झनै रिस उठ्यो, ठूलो स्वरमा कराउन थाली।
“बिस्तारै बोल!” रामसागर करायो। उसको आवाज वरिपरिकाले सुने।
“के भयो?” छेउमा उभिएको एउटा मान्छेले सोध्यो। सीतादेवीले केही होइन भन्ने जवाफ दिई।
रामसागर अस्पतालको मूलगेटतिर गयो। सीतादेवी पनि उसको पछि लागी।
रामसागर गेटबाट उत्तरतिर लाग्यो। सीतादेवीले पनि पछ्याइराखी। दुई सय मिटर पर पुगेपछि रूखको सियाँलमा थ्याच्च बस्यो। सीतादेवी छेउमा उभिइराखी।
सीतादेवीको रिसको आगो निभेको थिएन। रामसागरले बस् भन्ने सङ्केत गर्यो। सीतादेवी रिसाउँदै जीउ छोडेर बसी।
“के भो?” उच्च स्वरमा सीतादेवीले सोधी।
“नरिसा न। दशा लाग्छ,” रामसागरले मन्द आवाजमा भन्यो।
“अनि के भो त?”
“तैंले देको पैसा...।”
“के भो मैले देको पैसा? नचल्ने भो तिमीलाई?”
“हैन।”
“अनि किन रोएका चर्पीमा छिरेर?”
“त्यति पैसाले पुग्दैन उपचार गर्न।”
“त्यत्रो पैसाले पनि पुग्दैन?” सीतादेवीका आँखा तन्किए।
“हेर्दा मात्र धेर हो। गन्दा त थोरै छ पैसा। खुजुरा भएकाले धेर देखिएको,” निरीह भावमा रामसागर बोल्यो।
रामसागरले हातमा तिलहरी लिएर स्वास्नीको रित्तो गला हेर्यो। आँखाभरि आँसु पारेर भन्यो, “तँलाई मैले केही दिन सकिनँ है। यही भएको पनि लिएँ।”
“कति रै’छ पैसा?” सीतादेवीले सोधी।
“तैंले गनेकी थिइनस्?”
“अहँ। गन्नै भ्याइनँ। छोरालाई धामी र हेलपोस्टमा लैजाँदै ठिक्क भो।”
“कति र छ त?”
“आठ हजार ९८५। सिक्का बाहेक।”
“म त ठान्थें, १२–१५ हजार होला।”
“त्यति हुँदा पनि हामीलाई पुग्दैन।”
“कति चाहिन्छ त?”
“५० हजारभन्दा पनि बढी।”
“त्यत्रो!” सीतादेवीले मुख बाई।
“अँ।”
एकछिन सीतादेवी भुइँतिर घोरिई। अनि गलामा हात लगी। तिलहरी उसको छातीमा अडिएको थियो। गलाबाट तिलहरी निकालेर लोग्नेको हातमा दिई।
रामसागरले हातमा तिलहरी लिएर स्वास्नीको रित्तो गला हेर्यो। आँखाभरि आँसु पारेर भन्यो, “तँलाई मैले केही दिन सकिनँ है। यही भएको पनि लिएँ।”
सीतादेवीले हात समाउँदै भनी, “परेको वेलामा त गहना काम लाग्ने हो नि। पछि छोरो ठूलो भएपछि योभन्दा पनि मोटो तिलहरी ल्याइदिन्छ। कानमा कुण्डल पनि ल्याइदेला।”
दुवै भक्कानिए।
सुन पसलेले तिलहरी निकाल्न पोते काट्दा सीतादेवीलाई आफ्नै गला रेटे जस्तै लाग्यो। रामसागर बाहिर चूप देखिन्थ्यो तर ऊभित्र आँधी चलिरहेको थियो।
उनीहरू सुन पसलमा गए। तिलहरीको बिल माग्यो सुन पसलेले। उनीहरूसँग बिल थिएन।
“त्यसो भए किन्न मिल्दैन,” सुन पसलेले भन्यो।
छोरा अस्पतालमा भएकाले तिलहरी किनिदिन दुवैले अनुनय गरे।
सुन पसलेले तिलहरी जोख्यो। क्यालकुलेटरमा छिटो छिटो औंला दबायो र भन्यो, “यसको चानचुन १५ हजार आउँछ।”
रामसागर र सीतादेवीले मुखामुख गरे। सीतादेवीले भनी, “अलिक रामरी हेर्नुस् त। आधा तोला जति छ तिलहरी।”
सीतादेवीको कुरामा बेवास्ता गर्दै पसलेले भन्यो, “जर्ती कटाएर बिल नभएको हिसाब गरेर १५ हजार हुन्छ। आपतै परेको छ भने १६ हजारसम्म दिन्छु।”
“६७ हजार रुपैयाँ तोला छ सुन। आधा तोलाको यति थोरै पैसा?” रामसागरले शङ्कामिश्रित स्वरमा पसलेलाई सोध्यो।
“तपाईंको बिल नभएको सुन कसले किन्छ त! त्यसो भा जानुस्।”
उनीहरूले केही बोल्न सकेनन्। मौकामा हीरा फोड्नुपर्छ भन्ठानेर १६ हजारमा तिलहरी बेचे।
सुन पसलेले तिलहरी निकाल्न पोते काट्दा सीतादेवीलाई आफ्नै गला रेटे जस्तै लाग्यो। रामसागर बाहिर चूप देखिन्थ्यो तर ऊभित्र आँधी चलिरहेको थियो।
अस्पताल पुग्दा नर्सहरूले गाली गरे, “बिरामीका बाउआमै कहाँ भागेका?”
नर्सको रूखो स्वरले उनीहरूको छातीमा घोच्यो। अर्की नर्सले भनी, “काउन्टरमा गएर पैसा जम्मा गर्नुस्।”
सीतादेवी र रामसागर काउन्टरमा पुगे। नर्सले दिएको कागत थमाए।
“पच्चीस हजार दिनुस् अनि पाँच नम्बर कोठामा जानुस्। उनीहरूले सबै त्यहीं बताइदिन्छन्,” काउन्टरको केटाले अर्को चिर्कटो दियो।
सीतादेवीले मागेको रकम दिई।
त्यत्रो पैसा केका लागि लागेको, उनीहरूलाई थाहा थिएन। उनीहरू नर्सलाई सोध्थे। नर्सहरू उपचारका प्राविधिक शब्द बताउँथे, जुन उनीहरू बुझ्दैनथे।
छोरो मुखमा हेरेर हाँस्ने भइसकेको थियो। जाउलो पनि खान थाल्यो। रामसागरले छोरालाई सानो खेलौना र एकजोर कपडा ल्याइदियो। उनीहरू यति खुशी त छोरो जन्मेको दिन पनि भएका थिएनन्।
छोरालाई के रोग लागेको थियो, त्यो पनि उनीहरू भन्न जान्दैनथे। छातीमा खराबी छ, फोक्सो पनि खराब छ, ज्वरो आइरहन्छ। यति मात्र भन्न सक्थे।
उनीहरूलाई डाक्टर र नर्समाथि ठूलो भरोसा थियो।
दुई दिनपछि छोरालाई जनरल वार्डमा सारियो। छोरा बिस्तारै निको हुँदै गयो। पातला पाइपहरू जिउमा थिएन, हातमा सलाइन भने छँदै थियो। माया मारेको छोरो बचाइदिएकोमा उनीहरू डाक्टर र नर्सप्रति कृतज्ञ थिए। तर त्यसलाई व्यक्त गर्न जान्दैनथे।
छोरो मुखमा हेरेर हाँस्ने भइसकेको थियो। जाउलो पनि खान थाल्यो। रामसागरले छोरालाई सानो खेलौना र एकजोर कपडा ल्याइदियो। उनीहरू यति खुशी त छोरो जन्मेको दिन पनि भएका थिएनन्।
जनरल वार्डमा सारेको पाँचौं दिनमा नर्सले आएर भनी, “तपाईंहरू सबै तयारी गर्नुस्, भरे अस्पतालले छुट्टी दिन्छ।”
“अस्पताललाई कति तिर्नुपर्ने रहेछ, म बुझेर आउँछु है,” रामसागर काउन्टरमा गयो।
अस्पतालको बिल सुनेपछि रामसागरलाई रुनु न हाँस्नु भयो। “एक लाख ४७ हजार चानचुन छ। छूट गरेर एक लाख चालीस हजार दिनुपर्छ,” काउन्टरमा बस्ने केटाले सुनायो। रामसागरलाई छातीमा तोप पड्काए झैं लाग्यो।
छोरो र सीतादेवी भएका ठाउँमा पुग्यो। छोरो खेलिरहेको थियो। यतिका दिनसम्म बिरामी नै नभए जस्तो चङ्ख देखियो छोरो।
“कति रै’छ तिर्न?” सीतादेवीले सोधी।
“सबै हिसाब जोड्न बाँकी नै रैछ,” रामसागरले सरासर झूट बोल्यो।
गोजीमा ल्याएको बिस्कुट छोरालाई दियो। कागजमा पोको पारेर ल्याएको एउटा समोसा सीतादेवीलाई दियो। भन्यो, “तिमीहरू बस्दै गर। म केही बेरपछि आउँछु।”
पैसाको जोहो गर्न उसले अनेक उपाय सोच्यो।
केही घण्टापछि ऊ फर्किएर आयो र भन्यो, “हामीसित भएको पैसाले छोरो लिएर जान सक्दैनौं। म गाउँ गएर आउँछु, तिमीहरू यतै बस। त्यही थैलीमा भएको पैसाले खाना र खाजा खानू।”
हिंड्ने वेला छोराको गालामा म्वाइँ खायो। छोरो किचिक्क हाँस्यो।
यतिका दिनपछि ऊ आफ्नो घर पुग्यो। घर त घर जस्तै लागेन। घरको ढोका नखोली गाउँतिर लाग्यो। दौलतेको घरमा गयो। भन्यो, “मलाई दुई लाख जति चाहिएको छ, ऋण दे। डाक्टरले मेरो छोरो बचाइदिएका छन्, अब मलाई तँ बचाइ दे दौलते। ब्याज महीनैपिच्छे तिर्छु, सावाँ बिस्तारै चुक्ता गरुँला।”
“मसँग त छैन पैसा,” दौलते पन्छियो।
रामसागर खिन्न भयो। गाउँकै दौंतरीले नपत्याउने गरीब भएकोमा उसले आफैंलाई धिक्कार्यो।
रामसागर घरमा आयो। बेच्न मिल्ने कुरा के के छन्, उसले सोच्यो। जग्गा आफ्नो होइन। घर बेच्न मिल्ने खालकै छैन। थोत्रा लुगा, सिरक–डस्ना कसले किन्छ?
अन्न बेच्यो। तामाका पुराना गाग्री, खड्कौंला र केही झर्केथाल बेच्यो। घरमा भएका सबै मालताल बेच्दा ३० हजार पनि हात लागेन। तल्लाघरे माइलीले सयकडा पाँच ब्याजदरले ३० हजार रुपैयाँ दिई।
पुगनपुग ६० हजार लिएर रामसागर गाउँबाट अस्पताल फर्कियो।
बाटोभरि उसले सोच्यो, “धनी देखिने त्यतिका नर्स र डाक्टर छन्। ती दयालु पनि छन्। सबैले दुई–दुई हजार दिए हुन्थ्यो। अलिक बढी छूट माग्छु र अस्पतालको पैसो तिर्छु। त्यसो गर्दा भएन भने बरु सीतादेवी र म एक साल त्यही अस्पतालमा काम गर्छौं भन्नुपर्ला। दया राखेर मानिहाल्लान्।”
मनमनै ठूलो राहत महसूस गर्दै अस्पताल पुग्यो।
बाटोभरि उसले सोच्यो, “धनी देखिने त्यतिका नर्स र डाक्टर छन्। ती दयालु पनि छन्। सबैले दुई–दुई हजार दिए हुन्थ्यो। अलिक बढी छूट माग्छु र अस्पतालको पैसो तिर्छु। त्यसो गर्दा भएन भने बरु सीतादेवी र म एक साल त्यही अस्पतालमा काम गर्छौं भन्नुपर्ला।"
चिनेको डाक्टरलाई उत्साहित हुँदै आफ्नो कुरा सुनायो। डाक्टरको अनुहारको भाव हेरेपछि उसले आफ्नो कुरो मन नपराएको बुझ्यो।
रामसागरले हरेश खाएन। औषधि पसलको मालिकलाई आफ्नो योजना सुनायो। यतिका दिनसम्म आफन्तको व्यवहार गरेको औषधि पसलको मान्छे अर्कै भयो।
उसले नर्सहरूसँग कुरा गर्यो। नर्सहरूले पनि उसको कुरा रुचाएनन्।
ऊ निकै निराश भयो। उसलाई लाग्यो, मान्छेलाई फटाहा बनाउने समय हो। समय र परिस्थितिभन्दा माथि आफू नरहेको ठान्यो।
रामसागर अब दाउ हेर्न थाल्यो, छोरो र स्वास्नी लिएर अस्पतालबाट भाग्ने। उसले अनेक उपाय सोच्यो। मध्यरातमा भाग्न पालेसँग १० हजारमा कुरा मिलायो।
योजना मुताबिक स्वास्नी र छोरो लिएर भाग्दै थियो, सुनसान सडकमा तीन जना मान्छे आएर च्याप्प समाते। उसको सातोपुत्लो उड्यो। बच्चा रुन थाल्यो। सीतादेवी चिच्याउन थाली। उनीहरूलाई अस्पतालमा फिर्ता लगियो।
“जुन दिनसम्म पैसा चुक्ता गर्दैनौ, तबसम्म यही कोठामा बस्नू,” एउटा फोहोरी सानो कोठामा उनीहरूलाई राखियो।
अब उनीहरूलाई अस्पताल जेल जस्तो लाग्न थाल्यो। साँच्चै जेल हाल्छ कि भन्ने त्रास पनि थियो।
उनीहरूको कोठा अगाडि विश्रामस्थल थियो। त्यहाँ बोलेका कुरा कोठासम्म सुनिन्थ्यो तर देखिंदैनथ्यो। विश्रामस्थलमा दुई पुरुषको संवाद सुनियो।
एउटाले भन्यो, “अब हाम्रो सन्तान नहुने भयो, त्यही भएर अस्पताल आएका।”
अर्कोले सोध्यो, “किन?”
“निःसन्तान दम्पती हौं। बच्चाको ठूलो रहर छ। महीना पुगेका बच्चा फाल्दा जिउँदै पनि जन्मन्छन् अरे। तिनलाई अस्पतालले बेच्छ अरे। कसै कसैले जन्मिनासाथ अस्पतालमै बच्चा छाडेर हिंड्छन् अरे। त्यस्तो बच्चा भेटिन्छ कि भनेर आएका।”
रामसागर ध्यानपूर्वक सुनिरहेको थियो। उसले आफ्नो छोरातिर हेर्यो। ज्योतिषीले भनेको थियो– छोराको राजग्रह छ, गतिलो मान्छे हुन्छ, धनी हुन्छ।
मनमनै गुन्यो, गरीबको घरमा राजग्रहको के काम? शर्टको बाउलाले आँसु पुछ्यो।
रातभरि छटपटायो रामसागर, पानीबाट बगरमा पछारेको माछा झैं।
भुकभुके उज्यालो हुनै लागेको थियो, सीतादेवीलाई गेट बाहिरको चिया पसलमा पठायो। दुई जोर नयाँ कपडा, दुइटा बिस्कुट र पानीको बोतल छोराको सिरानतिर राखिदियो। छोरालाई सुमसुम्यायो। म्वाइँ खान यसो घोप्टिएको थियो, छोराका गालामा उसका आँसु तपतप खसे।
छोरा चन्द्रमा जस्तो धपक्क देखिन्थ्यो। हात तानेर म्वाइँ खायो। सातो नजाओस् भनेर दुवै हत्केलामा थु:थु: गरिदियो। उसैको हातमा एउटा कागतको चिर्कटो राखिदियो। र, घुँकघुँक गर्दै बाहिर निस्कियो।
उज्यालो भएपछि अस्पतालमा हल्लाखल्ला भयो, “यो रोइरहेको बच्चाका बाउआमा खोइ?”
मान्छेहरूको भीड बढ्दै गयो। अस्पताल प्रशासनका मान्छे पनि आए। बच्चाको छेउमा फरफराइरहेको कागत फुकाएर पढे। लेखेको थियो, “हामीले छोराको भविष्यका लागि उसलाई त्यागेका छौं। बच्चा खोज्दै आएका हिजोका व्यापारी जोडीलाई यो बच्चा दिनू।”
हिमाल दशैं साहित्यका थप सामग्री: