दशैंका लागि आजबाट नयाँ नोट साट्न पाइने
दशैंका लागि आजबाट नयाँ नोट साट्न पाइने भएको छ।
नेपाल राष्ट्र ब्यांकले दशैंतिहार लगायत चाडबाडलक्षित नयाँ नोट सटही सुविधा दिएको हो। राष्ट्र ब्यांकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिंदै आएको छ।
काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र ब्यांक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य ब्यांकका शाखामा नयाँ नोट साट्न पाइनेछ।
उपत्यका बाहिरको हकमा राष्ट्र ब्यांकको प्रदेशस्थित कार्यालय वा वाणिज्य ब्यांकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र ब्यांकले जनाएको छ। वाणिज्य ब्यांकहरूले राष्ट्र ब्यांकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन्। पाँच, १०, २०, ५० र १०० रुपैयाँका दरका नयाँ नोट साट्न पाइनेछ।