इजरायलमा मारिएका पाँच नेपालीको शव प्राप्त
हमासको आक्रमणबाट इजरायलमा मारिएका १० मध्ये पाँच नेपाली विद्यार्थीको शव प्राप्त भएको छ।
तेल अभिभस्थित नेपाली दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको हो।
घटनामा परी ज्यान गुमाएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले जनाएको छ। दूतावासले भनेको छ, ‘प्राप्त शव ढिलो नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ।’
हमासको आक्रमणमा परी घाइते भएका चारमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक जना नेपाल आइसकेका छन्। अर्का एक जना भने आफ्नो हेरचाहमा रहेको दूतावासले जनाएको छ।
असोज २० मा इजरायलको दक्षिणी क्षेत्रमा हमासले आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो भने एक जना बेपत्ता छन्। २५४ जनालाई नेपाल सरकारले उद्धार गरिसकेको छ।
यो पनि पढ्नुहोस्: हमास आक्रमणपछि इजरायलले ६ हजार बम हान्दा उत्तरी गाजा क्षेत्र तहसनहस