बाबुघाटमा भक्तजनको घुइँचो (तस्वीरहरू)
भारतको कोलकातास्थित हुगली नदीमा शनिबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
हुगली नदीसँगै आसपासका नदीमा शनिबार बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो, महालयका लागि। असोज कृष्ण औंसी अर्थात् श्राद्धको अन्तिम दिन पितृ विसर्जन गर्न भक्तजन हुगली नदी पुगेका हुन्।
नवरात्र शुरूआत हुने अघिल्लो दिन पश्चिम बंगाल र बाङ्लादेशका हिन्दूले महालय मनाउने गर्छन्। आजैका दिन कैलाशबाट दुर्गाले यात्रा शुरू गरेको भन्ने धार्मिक विश्वास छ।
कोलकाताको बाबुघाटमा महालयका लागि जम्मा भएका भक्तजन: