स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित
सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महीनाका लागि निलम्बन गरेको छ।
प्रमाण नष्ट गर्न सक्ने र बोर्डलाई हानिनोक्सानी गर्न सक्ने भएकाले निलम्बन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कृष्ण थापाले बसौलालाई पठाएको पत्रमा उल्लेख छ। पत्रमा निलम्बन २६ असोजबाट लागू हुने उल्लेख छ।
पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ४ असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बसौलासँग स्पष्टीकरण मागेका थिए।