एमाले मधेशको अध्यक्षमा चन्द्रेश्वर मण्डल चयन
नेकपा (एमाले)को मधेश प्रदेश अधिवेशनबाट अध्यक्ष सहित पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्।
एमाले नेताहरूले पदाधिकारीमा सहमति गरेको हो। अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल सर्वसम्मत भएको केन्द्रीय सदस्य सरोज यादवले बताए।
त्यस्तै, उपाध्यक्षमा पर्साका विचारी यादव र सचिवमा बाराका मनोज पौडेल पनि सर्वसम्मत भएका छन्। उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस चयन भएका छन्। भण्डारी यसअघि पनि उपसचिव नै थिइन्।
एमाले मधेश प्रदेश अधिवेशनले २३५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। सदस्यमा भने सहमति जुट्न सकेन। सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया शुरू भएको छ।