इजरायलबाट फर्किंदै २५३ नेपाली (तस्वीरहरू)
इजरायलमा रहेका २५३ जना नेपाली नेपाल एअरलाइन्सको जहाजबाट स्वदेश फर्किंदै छन्।
शुक्रबार अपराह्न इजरायलको तेल अभिभस्थित बेन गुरियन विमानस्थलबाट नेपाली नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज काठमाडौंका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली नागरिकलाई लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल पुगेका हुन्।
इजरायलको प्यालेस्टाइनसँगको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको मंगलबार र बुधबार उद्धार गरिएको थियो। उनीहरूलाई इजरायली सुरक्षाकर्मीले सुरक्षित स्थानमा राखेका थिए।
इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत नेपालका तीन वटा विश्वविद्यालयबाट २६५ विद्यार्थी इजरायल गएका थिए। उनीहरूमध्ये सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १७ जना विद्यार्थी रहेको फार्ममा हमासले आक्रमण गरेको थियो। हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
त्यस क्षेत्रबाट उद्धार गरिएका विद्यार्थी स्वदेश फर्किरहेका हुन्। हमासको आक्रमणबाट मृत्यु भएका विद्यार्थीको शव भने इजरायलले प्रक्रिया पुर्याएर फिर्ता पठाउने जनाइएको छ।
यो पनि पढ्नुहोस्: गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल?