बझाङमा मध्यराति ५.२ रेक्टर स्केलको भूकम्प
बझाङमा गएराति भूकम्पको धक्का पुनः महसूस गरिएको छ।
मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पविद् डा. शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए।
उनका अनुसार बझाङमा गत मंगलबारयता पटक पटक भूकम्पका पराकम्प गएका छन्। गत मंगलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको मृत्यु हुनुका साथै र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो।
सुतेको वेला भूकम्पको धक्का आएपछि भागदौडको स्थिति भएको खप्तडछान्ना गाउँपालिका-५ का राजेश कार्कीले बताए।