दशैंको लागि टिकट काट्न राति १ बजेबाट ‘लाइन’ मा
दशैंमा काठमाडौं बाहिर जाने यात्रुलाई लक्षित गर्दै सरकारले हिजोबाट टिकट बूकिङ खुला गरेको छ।
हिजैबाट गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिन यात्रुहरूको भीड लागेको छ। देशका विभिन्न क्षेत्रबाट अध्ययन, व्यवसाय तथा रोजगारीका लागि काठमाडौं आएकाहरू चाडपर्व मनाउन घर फर्किने गरेका छन्।
तर यात्रुले टिकट काट्न जाँदा सास्ती पाएका छन्। बिहान ६ बजे मात्र काउन्टर खुला हुने भए पनि उनीहरू राति १ बजेबाटै टिकट काउन्टरमा लामबद्ध थिए।
यस्तै, एउटा टिकट पाउन सात मिनेटसम्म लागेको यात्रुहरू बताउँछन्।