राष्ट्रिय शोकका कारण राष्ट्रिय सभाको बैठक स्थगन
राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ।
आज बिहान ११ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।