यामाहाको एफजेड स्ट्यान्डर्ड तीन लाख ७९ हजारमा
यामाहाको एफजेड एफआई भी-३ स्ट्यान्डर्ड मोटरसाइकल तीन लाख ७९ हजार ९०० रुपैयाँमा खरीद गर्न सकिने भएको छ।
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमडब्लू इन्टरप्राइजेजले एफजेड स्ट्यान्डर्डको मूल्य तय गरिएको जनाएको छ। यसका मुख्य तीन वटा विशेषता छन्।
पहिलो, ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, दोस्रो नवीनतम डबल डिस्क र तेस्रो उन्नत बीएस–६ इन्जिन टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ।
एमएडब्लू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले यो मोटरसाइकल स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषता भएको बताए। यसलाई किफायती मूल्यमा बजारमा ल्याइएको जनाउँदै ग्राहकले रुचाउने क्षेत्रीको विश्वास छ।
यो मोटरसाइकल कालो र नीलो रङमा उपलब्ध छ।