बझाङमा आजै दुई पटक भूकम्पको धक्का
बझाङ केन्द्रबिन्दु भएर आज दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो पटक १२ः०६ बजे भूकम्प गएको हो। बझाङको धुली केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।
बझाङआसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ। यसबाट कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ।
यसअघि आजै बिहान ११ः४५ बजे पनि बझाङमा भूकम्प गएको थियो। बझाङको भोटेखोला नजिक केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
असोज १६ गतेयता बझाङमा १५ पटक भूकम्प गएको छ। असोज १६ गते अपराह्न ३ः०६ बजे गएको ६.३ म्याग्निच्यूडको भूकम्पले क्षति गरेको थियो। भूकम्पबाट केही घरमा क्षति पुगेको थियो भने केही सर्वसाधारण घाइते भएका थिए।
त्यसयता बझाङमा पटक पटक भूकम्पको धक्का महसूस हुँदै आएको छ।