पश्चिमी नेपालबाट बाहिरिन थाल्यो मनसुन
पश्चिमी नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू गरेको छ।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन शुरू गरेको जनाएको छ। शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ।
देशका अन्य भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने विभागको आकलन छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय छ।
प्रायः नेपालबाट २ अक्टोबरमा मनसुन बाहिरिने गरेको छ। यस वर्ष केही दिन ढिलो गरी ६ अक्टोबरबाट बाहिरिन शुरू गरेको छ।
त्यस्तै, यस वर्ष मनसुनको आगमन पनि ढिलो भएको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जून हो। यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिलो असार ३१ मा नेपालमा प्रवेश गरेको थियो।