प्रिमियर कपका लागि नेपाली युवा टोली घोषणा
एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार देव खनालको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। युवा टोलीमा आकाश त्रिपाठी, आकाश चन्द, अर्जुन कुमाल, दीपक बोहरा, सुवास भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, मिलन बोहरा, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी र दुर्गेश गुप्ता छन्।
त्यस्तै, प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादवलाई रिजर्भमा राखिएको छ।
अर्को सातादेखि मलेशियामा प्रतियोगिता शुरू हुनेछ। असोज २५ गतेदेखि कात्तिक ७ सम्म चल्ने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल रहेको समूह ‘ए’ मा बहराइन, साउदी अरब र इरान छन्। प्रतियोगिताका उत्कृष्ट तीन टोलीले यू-१९ एशिया कप खेल्न पाउनेछन्।
एशिया कपमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा अफगानिस्तान, बाङ्लादेश, भारत, पाकिस्तान र श्रीलंका छनोट भइसकेका छन्। एशिया कप भने आउँदा डिसेम्बरमा पाकिस्तानमा हुनेछ।