एनसेलले ल्यायो ‘अलवेज अन डेटा’
एनसेल आजियाटा लिमिटेडले आकर्षक डेटा प्याक ‘अलवेज अन डेटा’ ल्याएको छ।
यो प्याक सञ्चालनमा आएसँगै एनसेलका ग्राहकले कर सहित मात्र १०० रुपैयाँमा लामो समयसीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्नेछन्। यो डेटा प्याकमा ग्राहकले एक जीबी डेटा पाउनेछन्।
यससँगै एनसेलले सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ। कर सहित १९१ रुपैयाँमा सात दिनका लागि ननस्टप यूट्यूब, फेसबूक, टिकटक र इन्स्टाग्राम चलाउन पाउनेछन्।
त्यस्तै, ४५९ रुपैयाँमा फेसबूक, यूट्यूब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्दा २८ दिनसम्म दैनिक १.५ जीबी डेटा लिन सक्नेछन्। यस बाहेक आठ जीबी अल टाइम प्याक पनि पाउन सकिनेछ।