कविता संग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक
कवि मीनबहादुर विष्टको कविता संग्रह साला पहाडमें क्या है सार्वजनिक भएको छ।
यसमा आधुनिक नेपाली समाजका विविध पाटाहरू झल्काउने ६४ वटा कविता समावेश छन्। कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्ने बताइएको छ।
आलोचनात्मक चेतका कवि विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरूको सगरमाथा’ लगायत रचनाहरू समाविष्ट छन्।