मुटु दिवसमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर
एनसेल आजियाटा लिमिटेडले विश्व मुटु दिवसको अवसरमा काठमाडौंको लैनचौर ग्राउन्डमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा ४०० भन्दा बढी मानिसले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका छन्। नर्भिक अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा विशेषज्ञ डाक्टरहरूले मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच गरेका छन्।
शिविरमा आएका व्यक्तिलाई थप जाँचका लागि नर्भिक अस्पतालले २० प्रतिशत छूटको पनि व्यवस्था गरेको थियो। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले स्थानीय समुदायलाई ध्यानमा राखेर स्वास्थ्य शिविरको आयोजना गरिएको बताए।