अध्ययन समितिले बुझायो निगम सुधारको प्रतिवेदन
नेपाल वायुसेवा निगमलाई कसरी सुधार्न सकिन्छ भनेर अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो। क्षेत्रीको नेतृत्वमा पाँच सदस्यीय नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिश समिति गठन गरिएको थियो।
मन्त्री किरातीले समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने बताए। निगमलाई सुधार्न आफू लागिरहेको बताउँदै मन्त्री किरातीले यो प्रतिवेदन अनुसार कामकारबाही अघि बढाउने प्रतिबद्धता जनाए।
समितिलाई विभिन्न आठ क्षेत्रमा अध्ययन गरी सुधारका लागि सिफारिश पेश गर्न कार्यादेश दिइएको थियो। समितिले प्रमुख दुई कार्यादेश व्यवस्थापन र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर प्रतिवेदन बुझाएको छ।