‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’
‘विश्वका धेरै देशमा मेडिकल कलेज छैनन्। भएकामा पनि प्रतिभा पलायनको समस्या छ। त्यसैले २०३० सम्ममा एक दशमलब आठ करोड स्वास्थ्यकर्मीको अभाव हुने देखिएको छ। यो सबै हेर्दा प्राथमिक स्वास्थ्य सेवालाई बेवास्ता गर्न मिल्दैन।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एशिया कार्यालयको नयाँ क्षेत्रीय निर्देशकका लागि आउँदो कात्तिक १३ गते (३० अक्टोबर) चुनाव हुँदै छ। उम्मेदवार छन्, नेपालका शम्भु आचार्य र बाङ्लादेशकी सायमा वाजिद। आचार्यसँग जनस्वास्थ्यमा काम गरेको ३० वर्षको अनुभव छ। उनी अहिले डब्लूएचओको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक छन्।
https://www.himalkhabar.com/news/138158