राहत शिक्षक विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना राहत शिक्षक विरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दायर गरेको छ।
अख्तियारले कैलालीको घोडाघोडी नगरपालिका-२, साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेको भन्दै शुक्रबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार शाहको इन्टरमिडियटको सर्टिफिकेट नक्कली भएको पाइएको छ। शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडिएट एजुकेशन, यूपी, राजकीय हुसेनावाद इन्टर कलेज भारतमा पढेको दाबी गरेका थिए।