तीन वटा विश्वकीर्तिमान रचिएको खेलमा मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य
१९औं एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मंगोलियालाई ३१५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो। नेपालका लागि कुशल मल्लले ३४ बलमा १०१ रन बनाउँदै सर्वाधिक छिटो शतक प्रहार गर्ने विश्वकीर्तिमान बनाए। कुशलले व्यक्तिगत ५० बलमा अविजित १३७ रन बनाए।
यस्तै, नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक छिटो अर्धशतक प्रहार गर्दै अर्को विश्वकीर्तिमान बनाए। उनले अविजित १० बलमा ५२ रन बनाए।
ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र आशिफ शेखले १९ र १६ रन बनाए। कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए।
यस्तै, नेपालले बनाएको ३१५ रन पनि टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा उच्च टीम स्कोर हो। अर्थात् नेपालले आजको खेलमा तीन वटा विश्वकीर्तिमान रचेको हो।
हाल तेस्रो ओभरको खेल सकिंदा मंगोलियाले एक विकेट गुमाउँदै १० रन बनाएको छ।