भीरबाट लडेर घाइते भएका दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइयो
भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका-२, स्यो गाउँका ८० वर्षीय छेन्चा दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
आज नेपाली सेनाको हेलिकोप्टर मार्फत उनलाई काठमाडौं ल्याइएको हो। सोमबार वृद्धभत्ता लिन जाँदा उनी भीरबाट लडेर घाइते भएका थिए।
यस्तै, दाङको लमही नगरपालिका-९ स्थित महेन्द्र राजमार्गमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान ५:४५ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनाका घाइतेलाई नेपाली सेनाले उद्धार गरी नेपालगन्ज अस्पताल पठाउन सहयोग गरेको छ।