अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहालबीच अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
संक्षिप्त भेटमा दुई देशबीच आपसी हितका विषयमा सहकार्य सम्बन्धी कुराकानी भएको जनाइएको छ। भेटमा राष्ट्रपति बाइडेनकी पत्नी जिल ज्याकोब र प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहाल सहभागी थिए।
प्रधानमन्त्री दाहाल आजै अमेरिकाबाट चीन जाँदै छन्। चीनको भ्रमणपछि मात्रै स्वदेश फर्किनेछन्।