एनसेलको ‘बजार जाऔं’ अभियान
एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) अभियान सञ्चालन गरेको छ।
यस अन्तर्गत एनसेलका पदाधिकारी तथा कर्मचारीले देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताका पसल पसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन्। ग्राहकका गुनासा, सल्लाह र सुझाव सुनेर तिनलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरूप यो अभियान सञ्चालन गरिएको एनसेलले जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थापन अधिकारी एनसेल सेन्टर र खुद्रा विक्रेताका पसलमा पुगेका हुन्। यस क्रममा ग्राहकसँग अन्तरक्रिया गरी उनीहरूका समस्या समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिइएको एनसेलले जनाएको छ।
यो अभियानका क्रममा एनसेल अधिकारी र कर्मचारी देशैभरका सबै एनसेल सेन्टर र ५०० भन्दा बढी खुद्रा विक्रेतासम्म पुगेका हुन्।