स्कूलमा ताला, शिक्षक सडकमा (तस्वीरहरू)
देशभरका शिक्षक सडकमा उत्रिएपछि सरकारी विद्यालयको पठनपाठन बन्द छ।
सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन्। देशका विभिन्न भागबाट आएका शिक्षकले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।
शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेको छैन। दुई दिनदेखि देशभरका सामुदायिक विद्यालयमा ताला लागेको छ।
काठमाडौं उपत्यकाका सामुदायिक विद्यालय पनि सुनसान छन्। सबै शिक्षक आन्दोलनमा सहभागी भएका छन् भने विद्यालयमा ताला लगाइएको छ। निजी विद्यालयमा भने पठनपाठन चलिरहेको छ।