ईसेवा मनी ट्रान्सफरले ल्यायो काठमाडौंमा घर योजना
ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर योजना ल्याएको छ।
असोज १ गतेबाट शुरू भएको यो अभियान आगामी वर्षको असार ३१ गतेसम्म चल्नेछ। यो योजना अन्तर्गत संसारका जुनसुकै मुलुकबाट ईसेवा वालेटमा पैसा पठाउँदा उपहार प्रदान गरिनेछ। यस अभियानमा चार परिवारलाई विशेष कोसेली, हरेक महीना एक जनाको पैसा डबल तथा बम्पर उपहारमा एक जनालाई काठमाडौंमा घर प्रदान गरिने जनाएको छ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ईसेवा र ईसेवा मनी ट्रान्सफरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीलाई डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने सुविधा उपलब्ध गराइएको बताए।
त्यस्तै, ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपाली सहभागी हुन पाउने बताए।