यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय
पाउनुपर्नेले नपाएको र पाउनै नहुनेले पाएको भनेर आलोचना भएपछि सरकारले तत्काललाई विभूषण वितरण नगर्ने भएको छ।
मन्त्रिपरिषद्को भदौ २९ मा बसेको बैठकले हाललाई विभूषण वितरण कार्य रोक्ने निर्णय गरेको हो। विभूषण सम्बन्धी ऐन, नियम, मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अध्ययन प्रतिवेदन प्राप्त भएपछि व्यवस्थित गर्ने गरी स्थगन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्ले कर प्रणाली सुधार सम्बन्धी राय पेश गर्न पूर्व मन्त्री विद्याधर मल्लिकको अध्यक्षतामा उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापितको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्ले भदौ २९ मा गरेका २३ निर्णय: