एमालेले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी गर्ने
नेकपा (एमाले)ले सातै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी आयोजना गर्ने भएको छ।
संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा असोज २ गते विचार गोष्ठी आयोजना गर्न लागिएको एमाले कार्यालय सचिव भीष्मनाथ अधिकारीले बताए।
गोष्ठीले एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरूले सम्बोधन गर्ने कार्यक्रम छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिने गोष्ठीमा अध्यक्ष ओलीले धारणा राख्नेछन्।
त्यस्तै, प्रदेशमा पनि एमालेले गोष्ठी आयोजना गर्ने भएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेशमा, उपाध्यक्षहरू रामबहादुर थापाले कोशीमा, युवराज ज्ञवालीले लुम्बिनीमा, अष्टलक्ष्मी शाक्यले गण्डकीमा, विष्णुप्रसाद पौडेलले सुदूरपश्चिममा र सुरेन्द्र पाण्डेले कर्णालीमा आयोजना हुने गोष्ठीमा प्रमुख वक्ताका रूपमा धारणा राख्नेछन्।