सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन गरेको छ।
शुक्रबार बसेको संसदीय समितिको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। शर्माको नाम अनुमोदन गर्ने निर्णय भएको समितिका सभापति पशुपतिशमशेर जबराले बताए।
संसदीय समितिले अनुमोदन गरेसँगै अब शर्मालाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नेछन्।
यसअघि संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न काम गर्ने बताए। बैठकमा उनले आफ्नो भावी योजना समेत प्रस्तुत गरेे।