टाटाका तीन वटा गाडी नेपाली बजारमा
टाटा मोटर्सका तीन वडा गाडी नेपाली बजारमा आएका छन्।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्ले र टाटा पन्च नेपाली बजारमा ल्याएको हो। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन भइरहेको नाडा अटो शो–२०२३ मा गाडी सार्वजनिक गरिएको छ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँच वटा मुख्य विशेषता छन्। जसमा कार्यकुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी पर्छन्।
क्रूज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रूफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषता छन्। यो गाडीको इन्टेरियर आरामदायी तथा एक्स्टेरिएर आकर्षक छ।
टियागो ईभीको मूल्य २१ लाख ९९ हजार छ। अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको मूल्य ४५ लाख ९९ हजार छ।
तेस्रो गाडी, टाटा पन्चका चार वटा मोडलका फरक फरक मूल्य तोकिएको छ। पन्च प्युअरको ३३ लाख ९९ हजार, पन्च एड्भेन्चर एमटीको ३७ लाख ४९ हजार, पन्च एक्कमप्लिस्ड एमटीको ४० लाख ४९ हजार र पन्च क्रिएटिभ एमटीको ४३ लाख ४९ हजार मूल्य छ।