एभरेष्ट ब्यांक र ओम अस्पतालबीच विशेष छूट सम्झौता
एभरेष्ट ब्यांंक लिमिटेड र ओम अस्पताल, चाबहिलबीच विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार एभरेष्ट ब्यांकका सम्पूर्ण ग्राहकले अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छूट पाउनेछन्। सम्झौतामा ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन्।
अब एभरेष्ट ब्यांकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले अस्पतालबाट आईपीडी-गाइग्नोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा पाँच प्रतिशतसम्म छूट पाउनेछन्।