रोयल एनफिल्ड हन्टर नेपाली बजारमा
रोयल एनफिल्डको ‘हन्टर-३५०’ मोटरसाइकल नेपाली बजारमा आएको छ।
काठमाडौंमा आयोजित नाडा अटो शो मार्फत हन्टर-३५० मोडलको मोटरसाइकल सार्वजनिक गरिएको छ। यो रोयल एनफिल्ड मोटरसाइकलमध्ये आकर्षक रहेको छ।
यो मोटरसाइकल सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको थियो। पहिलो वर्ष नै यो चर्चित बनेको थियो।
नेपालमा सार्वजनिक भएसँगै यो मोटरसाइकलले नयाँ ग्राहक र बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको रोयल एनफिल्डका प्रमुख कमर्सियल अफिसर यादभिन्दरसिंह गुलेरियाले जनाएका छन्।
तीन महीनाअघि यो कम्पनीले नेपालमा कारखाना खोलेको थियो। वीरगन्जमा सञ्चालनमा रहेको कारखाना पाँचौं हो। यसअघि अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डमा कारखाना खोलिसकेको छ।
नेपालबाट वार्षिक २० हजारभन्दा बढी मोटरसाइकल एसेम्बल गर्ने कम्पनीले जनाएको छ। अहिले वीरगन्जको कारखानाबाट क्लासिक-३५०, हन्टर-२५० र स्क्रयाम-४११ मोडलका मोटरसाइकल एसेम्बल गरिंदै आएको छ।