अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सीपुलमा बिहान ६:४५ बजे सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाएसँगै अहिले सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
नारायणगढ-मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।