टाटाका खुद्रा विक्रेतालाई नबिल ब्यांकबाट विना धितो फाइनान्स
नबिल ब्यांंकले टाटाको जेन्यूइन पार्टपुर्जा र टाटा मोटर्स जेन्यूइन आयलका खुद्रा विक्रेतालाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।
टाटा जेन्यूइन पार्टस् र टाटा मोटर्स जेन्यूइन आयलको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नबिल ब्यांकबीच सहकार्य गर्ने सहमति भएको छ। सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल ब्यांकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार नबिल ब्यांंकले सिप्रदी अटोपार्टका खुद्रा विक्रेतालाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउनेछ।