नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत पक्राउ
बाँकेको नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ सहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्।
दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्। विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।
कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने भागेको डीएसपी डाँगीले बताए।
उक्त रकम लिएर सापकोटा श्री एअरलाइन्सको उडानबाट नेपालगन्जबाट काठमाडौं जाँदै थिए। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।