सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी पक्राउ
साढे ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक सुनचाँदी व्यवसायीलाई पनि पक्राउ गरेको छ।
सीआईबीले गएराति बाराका शिवकुमार सर्राफलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए। पक्राउ परेका सर्राफ सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष पनि हुन्।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएको सुन बरामद गरेको थियो। सुनसँगै तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो। यस प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परिसकेका छन्।
शुरूआतमा राजस्व अनुसन्धान विभागले यसको अनुसन्धान गरेको थियो। पछि सीआईबीलाई जिम्मा लगाएको थियो। अहिले यसमा सीआईबीले अनुसन्धान गरिरहेको छ।