अक्सिजन मास्क लगाएर प्रदर्शन (तस्वीरहरू)
वातावरण संरक्षणकर्मीले अक्सिजन मास्क लगाएर बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभर मनाइरहेको ‘स्वच्छ हावा, निलो अकाश’ दिवसका अवसरमा उनीहरूले अक्सिजन मास्क लगाएर प्रदर्शन गरेका हुन्। संयुक्त राष्ट्रसंघले हरेक वर्ष ७ सेप्टेम्बरमा यो दिवस मनाउने निर्णय गरेको थियो। त्यस अनुसार नेपालमा पनि बिहीबार स्वच्छ हावा, निलो आकाश दिवस मनाइएको हो।
काठमाडौंको वायु प्रदूषण बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराउन अक्सिजन मास्क लगाएर प्रदर्शन गरिएको उनीहरूले बताएका छन्।
त्यस्तै, यस दिवसका अवसरमा कीर्तिपुर नगरपालिकाले सचेत गराउन सडकमै अस्थायी क्याम्प राखेर गाडीको जाँच गरेको छ। ट्राफिक प्रहरी सहितको टोलीले गाडीबाट निस्किने धुवाँ लगायतको प्रदूषण जाँच गरेको हो।