सहमहामन्त्रीमाथि आक्रमण गर्नेको पछाडि को छ, अनुसन्धान होस्: कांग्रेस
नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेको पछाडि ठूलै समूहको हात हुन सक्ने आशङ्का गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा सहमहामन्त्री यादवमाथि बुधबार आक्रमण भएको थियो। आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।
आक्रमण गर्ने सापकोटाको पछाडि कुनै समूह वा अन्य व्यक्ति हुन सक्ने कांग्रेसको आशङ्का छ। कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जोकोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।”
सहमहामन्त्री यादवको काठमाडौंको ट्रमा सेन्टरमा उपचार चलिरहेको छ।