हेलो सरकारको सेवाका लागि एनसेलसँग सहकार्य
सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’ को टोलफ्री नम्बर ११११ को सेवालाई अझ प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गरिएको छ।
हेलो सरकारको सेवा चौबीसै घण्टा सञ्चालन हुने भएसँगै एनसेलले सहकार्य गरेको हो। अब एनसेलका ग्राहकले पनि ‘हेलो सरकार’ लाई निःशुल्क कल गरी गुनासो राख्न सक्नेछन्।
नागरिकका गुनासा र सुझाव सुनवाइ गर्न सरकारले १२ वर्षदेखि यो सेवा सञ्चालन गर्दै आएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।
एनसेलका ग्राहकले ‘हेलो सरकार’ को ११११ नम्बरमा भदौको पहिलो सातादेखि नै निःशुल्क कल गर्न थालिसकेका छन्।