नेपालको दुई सय रन पूरा
भारत विरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ।
श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले ४३.३ ओभरमा दुई सय रन पूरा गरेको हो। यसमा नेपालले सात विकेट गुमाइसकेको छ।
अहिले सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन्।
नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, भीम सार्कीले सात, रोहित पौडेलले पाँच र कुशल मल्लले दुई रन बनाए।
भारतका लागि रवीन्द्र जडेजाले तीन, मोहम्मद सिरजले दुई र शार्दूल ठाकुरले एक विकेट लिए।