नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.८१ अङ्कले ओरालो लागेर १९६०.७८ मा सीमित भएको छ। केही दिन यता नेप्से घटिरहेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०९ अङ्कले ओरालो लागेर ३७६.६२ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ।
विभिन्न कम्पनीका कुल ४० लाख ५३ हजार ३६८ कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० मूल्यमा खरीद-बिक्री भए।
कारोबारका आधारमा सोल्टी होटल शीर्षस्थानमा छ। सोल्टीको तीन करोड ८८ लाख ८८ हजार १०६ रुपैयाँ बराबरको शेयर कारोबार भयो।
नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, सिक्लेस हाइड्रोपावर ५.५६, प्राइम ब्यांकको ऋणपत्र ४.०३, बुद्धभूमि नेपाल हाइड्रोपावर १.९६ र सिटिजन म्युचुअल फन्ड दोस्रोको शेयर मूल्य १.९१ प्रतिशतले बढेको छ।