स्करपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
दोलखाबाट काठमाडौं जाँदै गरेको बा१५च ९३७० नम्बरको स्करपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लामोसाँघु-जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँचकिलो नजिकै भएको उक्त दुर्घटनामा परी अरू चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ।
गाडी माथिपट्टिको सडकबाट करीब ३०० मिटर तल रहेको अर्को सडकमा खसेको थियो। राति करीब २ बजेको समयमा दुर्घटना भएको हो। स्थानीयले राति नै उद्धार गरेका थिए।
दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ। -रासस