रसुवागढी नाकाबाट एक केजी सुन सहित एक महिला पक्राउ
अवैध रूपमा सुन आयात गर्ने एक महिला शनिबार रसुवाको मितेरी पुलबाट पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छन्।
जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार केरुङबाट अवैध रूपमा एक केजी सुन लुकाईछिपाई रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै गर्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेका हुन्।
सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस