गाईजात्रामा गौरव यात्रा (तस्वीरहरू)
पारलैङ्गिक समुदायका व्यक्तिले गाईजात्राको अवसरमा बिहीबार काठमाडौंमा ‘प्राइड परेड’ अर्थात् गौरव यात्रा निकालेका छन्।
सांस्कृतिक पर्व गाईजात्रा प्रायः जनैपूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस पटक नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनैपूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी र गाईजात्रा पर्व बिहीबार नै परेको जनाएको थियो।
जसले गर्दा काठमाडौंमा गाईजात्रा पर्व मनाइएको हो। यही अवसर पारेर ब्लू डायमन्ड सोसाइटीको आयोजनामा पारलैङ्गिक समुदायले गौरव यात्रा निकालेका हुन्।